हेमाेग्लाेबिन कमी किन हुन्छ र के हुन्छ यसबाट खतरा ?

ग्लोबल न्युट्रिसियनको रिपोर्टअनुसार विश्वका गर्भवती महिलामध्ये आधा एनिमियाबाट ग्रस्त हुने गर्छन् । तर, महिला मात्र नभएर जुनसुकै उमेर वा लिंगका मानिसमा हेमोग्लोबिनको मात्रा कम हुन सक्छ । यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि हानिकारक साबित हुन्छ । एकप्रकारको मेटल प्रोटिनले हेमोग्लोबिनको रातो रक्तकोषिका निर्माण गर्छ ।

जसले फोक्सो र घाँटीबाट शरीरभित्र अक्सिजनयुक्त रगत लैजाने काम गर्छ । यसका साथै शरीरका सबै प्रक्रिया सुचारु गर्न महत्वपूर्ण भूमिका निभाउने गर्छ । शरीरमा भएको आइरनमा करिब ७० प्रतिशत हेमोग्लोबिनको मात्रा हुन्छ । यसले श्वासप्रश्वास, मेटाबोलिज्म स्वस्थ राख्न र प्रतिरक्षा क्षमता बढाउन पनि सहयोग गर्छ ।

कति हुन्छ हेमोग्लोबिन ?
शरीरमा भएको कुल रगतको १० भागमा एक भाग हेमोग्लोबिनको मात्रा हुने गर्छ । उमेर र लिंगका आधारमा हेमोग्लोबिनको मात्रा पनि फरक–फरक हुने गर्छ । नवजात शिशुमा सामान्यतया १७.२२ ग्राम डिएल हेमोग्लोबिन हुन्छ । बच्चामा ११.१३ ग्राम डिएल, वयस्क पुरुषमा १४.१८ र महिलामा १२.१६ ग्राम डिएल हेमोग्लोबिनको मात्रा हुने गर्छ ।

के हो एनिमिया ?
रगतमा हेमोग्लोबिनको मात्रा कमी भएमा आइरनको कमी अर्थात् एनिमिया हुने गर्छ । सुरुको अवस्थामा आइरनको कमी हुन्छ र पछि शरीरमा जम्मा भएको आइरनबाट हेमोग्लोबिन लिन थाल्छ । जसका कारण शरीरमा हेमोग्लोबिनको मात्रा पूर्ति हुन पाउँदैन । र, आइरनको कमीकै कारण एनिमियाको समस्या हुन्छ । रगतमा रक्तकोषिका कम हुँदा या हेमोग्लोबिनको कमी हुँदा विभिन्न समस्या उत्पन्न हुन्छ । यसमा उच्च रक्तचाप, आन्तरिक रक्तश्राव, पोषण, भिटामिन बी १२, फोलेटको कमी, आसामान्य रूपमा हेमोग्लोबिनको सञ्चारलगायतका समस्या आउने गर्छ ।

 

हेमोग्लोबिनको कमी या एनिमिया ?
शरीरमा हेमोग्लोबिनको कमी छ वा एनिमियाको समस्या छ भने विभिन्न तरिकाले पहिचान गर्न सकिन्छ । एनिमिया छ भने अत्यधिक थकानको महसुस हुन्छ ।



हेमोग्लोबिनको कमीले गर्दा भने छाला पहेँलो बन्दै जान्छ । रातो रक्तकोषिकाले छालालाई गुलाबी चमक दिने गर्छ । तर, हेमोग्लोबिनको कमी भएमा छालाको चमकमा गिरावट आउँछ ।

हेमोग्लोबिनको कमी भएमा मुटुको धड्कन तीव्र हुने गर्छ । जसका कारण मानिस छटपटिने पनि गर्छन् ।



हेमोग्लोबिनले शरीरभित्र अक्सिजनयुक्त रगत पुर्‍याउने गर्छ । त्यसैले हेमोग्लोबिनको कमी भएमा श्वासप्रश्वासमा पनि समस्या उत्पन्न हुन थाल्छ ।

हेमोग्लोबिनको कमी भएमा शरीरभित्र उत्पन्न ध्वनि सुन्ने गरिन्छ तर बाहिरको आवाज भने त्यति राम्रोसँग सुन्न सकिँदैन । यसका साथै टाउको दुख्ने, स्वादमा परिवर्तन, कपाल झर्ने, असामान्य रूपमा शरीर सुन्निने, माटो, चक, बरफ, कागज, नङ चपाउनेजस्ता समस्या निम्तिने गर्छ ।

असर
एनिमियाको समस्याबाट तार्किक क्षमतामा ह्रास आउन थाल्छ ।

मस्तिष्कमा मोनोमाइनको मेटाबोलिज्ममा आइरनको भूमिका महत्वपूर्ण हुन्छ । आइरनको कमी भएमा उदासीनता, पसिना आउने, ध्यान केन्द्रित गर्न नसक्नेजस्ता समस्या उत्पन्न हुन्छ ।

हेमोग्लोबिनको कमीले डिप्रेसन, हृदयाघात, अनियन्त्रित धड्कनलगायतका समस्या उत्पन्न गर्न सक्छ।

हेमोग्लोबिनको मात्रा असामान्य भएमा प्रतिरक्षा प्रणाली कमजोर हुने पनि गर्छ । जसले गर्दा विभिन्न संक्रमण तथा रोगले छिटै आक्रमण गर्ने डर हुन्छ ।

हेमोग्लोबिनको मात्रा कमी भएमा मानिसमा निराशापनको समस्याले पनि गाँज्दै लैजान्छ ।

अनि खतरा
उमेर बढेसँगै मानिसमा हेमोग्लोबिनको कमीको खतरा बढ्दै जाने गर्छ । जीवनशैलीका कतिपय यस्ता व्यवहार हुन्छन्, जसले यसलाई विकसित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

बढी व्यायाम गर्ने मानिसमा पनि हेमोग्लोबिनको कमी हुने खतरा हुन्छ । किनकि, शारीरिक परिश्रमले रातो रक्तकोषिकालाई टुटाउने गर्छ ।

महिनावारी र गर्भवतीको समयमा महिलामा एनिमियाको खतरा बढेर जाने गर्छ ।

धूम्रपान, मद्यपानका कारण पनि शरीरमा अक्सिजनको अतिरिक्त आवश्यकता हुन्छ । जसका कारण पनि शरीरमा अतिरिक्त हेमोग्लोबिनको आवश्यकता हुन्छ । जसले हेमोग्लोबिनको मात्रा कम हुने खतरा हुने गर्छ ।

यसरी हुन्छ पूर्ति
हेमोग्लोबिनको मात्रामा सामान्य असन्तुलन हुँदा पनि शरीरमा आइरनको कमी हुने सम्भावना बढेर जान्छ । यस्तो समस्या रोक्नका लागि आइरनयुक्त खाद्यपदार्थको प्रयोग बढाउनुपर्छ । यसका लािग सबैभन्दा उपयुक्त प्राकृतिक स्रोत हुन्छ । हेमोग्लोबिन र आइरनको मात्रालाई सही राख्नका लागि सागपात, सलाद, विभिन्न प्रकारका सिमी, चना, रेडमिट, चिकेन र अन्डाजस्ता पदार्थको प्रयोग गर्न सकिन्छ ।

  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार ६:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया