पाकिस्तानमा पनि ह्वात्तै बढे कोरोना संक्रमित

पाकिस्तानका सिन्ध, इस्लामावाद तथा खैबर पख्तुनख्वा प्रान्तमा कोरोना भाइरस संक्रमितको नयाँ तथ्यांक आएको छ । अब त्यहाँ संक्रमितको संख्या बढेर २५० पुगेको छ । यसमा धेरै जसो इरानबाट फर्किएकाहरु भएको त्यहाँका अधिकारीले जनाएका छन् ।

द एक्सप्रेस ट्रिब्युनको समाचारअनुसार अब पाकिस्तानको सिन्ध प्रान्तमा मात्र १८१ जना नयाँ संक्रमितहरु भेटिएका छन् ।

अर्को प्रान्त बलुचिस्तानमा पनि नयाँ संक्रमितहरु भेटिएको त्यहाँका अधिकारीले बताएका छन् । पाकिस्तानले यसबीचमा १० लाख मानिसहरुको स्क्रिनिङ गरेको जनाएको छ । पछिल्ला २४ घन्टामा २० हजारभन्दा धेरै यात्रुको परीक्षण गरिएको पनि त्यहाँका अखबारहरुले लेखेका छन् ।

यसबीच त्यहाँको एक अस्पतालले यी बिरामीहरुलाई उपचार नगर्ने बताएको छ । अनि त्यहाँका स्थानीय सरकारले गम्भीर बिरामी भए मात्र अस्पताल जान आफ्ना नागरिकलाई अनुरोध गर्न थालेका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १:९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया