सरकारले भन्याे– घरबाहिर ननिस्किनू, २५ जनाभन्दा धेरै जम्मा नहुनु

काठमाडौं- सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आव्हन गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, आवातजावत र हिडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको हो ।

त्यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाईएको छ ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया