बाबुराम भट्टराईकाे ट्विटर नाम– नियमित हात धोऔँ

काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो ट्विटरको नाम 'नियमित हात धोऔं' राखेका छन् ।

कोरोना भाइरसको महामारी भइरहेका बेला जनचेतनाका लागि आफ्नो तर्फबाट सानो पहल गरेको भन्दै ट्विटरको नाम परिवर्तन गरेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, 'कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर 'नियमित हात धोऔं' राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो।'





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया