सुनसान ताज महल

दैनिक हजारौँ पर्यटक पुग्ने भारतको ताजमहल २४ घन्टामा यस्तो सुनसान होला भन्ने सोचिएको पनि थिएन । तर, कोरोना भाइरसका कारण त्यहाँका अधिकांश होटलहरु बन्द भएका छन् । बाटोमा मानिसहरु देखिनै छाडेका छन् । 

ताजमहल वरपर पूरै सुनसान भएको भारतीय मिडियाले जनाएका छन् ।

त्यहाँ भएका पसलहरु पनि नखोलिएको र अधिकांश होटलमा चाबी लगाइएको हिन्दुस्तान टाइम्सले समाचार प्रकाशन गरेको छ । अनि होटलहरुले पेड लिभमा कर्मचारीलाई घर पठाएको पनि जनाएका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १०:२१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया