सिलिन्डर थुपारिदिने काम नगरिदिनुहाेस्: उद्याेगमन्त्री

दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिने बताउँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यवस्तुको अनावश्यक सञ्चिति नगर्न आग्रह गरेका छन् । बुधबार नेपाल जनप्रशासन संघ (पान)ले आयोजना गरेको ‘कोरोनाको प्रभाव : आपूर्ति व्यवस्था’ विषयक कार्यक्रममा मन्त्री भट्टले खाद्यान्न, औषधिलगायत वस्तुका कुनै पनि अभाव नभएको बताए । 

खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुको कुनै अभाव हुन नदिइने जिकिर गर्दै उनले त्यसको सम्पूर्ण जिम्मा आफूले लिने बताए । ग्यासको अनावश्यक सञ्चितिले आपूर्ति प्रणालीमा असर गर्ने मात्र नभई गम्भीर प्रकारको दुर्घटनासमेत निम्त्याउन सक्नेतर्फ उपभोक्तालाई सचेत गराउँदै उनले सिलिन्डर थुपार्ने काम नगर्न आह्वान गरे । ‘संकटका वेला निजी क्षेत्र र जनताले पनि सहयोग गरिदिनुपर्छ,’ मन्त्री भट्टले भने ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १३:१८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया