सेयरबजार पाँच दिन बन्द रहने

काठमाडौं– नेपाल धितोपत्र बोर्डले बजार बन्द गराउने विषयमा छलफल सुरु गरेको छ । बिहीबार सेयर बजारका लगानीकर्ताले कोरोना भाइरसका कारण सेयर कारोबार बन्द गराउन माग गरेपछि बाेर्डले साे तयारी गरेकाे हाे ।  

लगानीकर्ताहरुले एक महिनासम्म बजार बन्द गराउन आग्रह गरेपनि धितोपत्र बोर्डले भने बढीमा ५ दिनमात्रै बजार बन्द गराउने सक्ने बताएको छ । लगानीकर्तासँगकाे छलफलपछि बोर्डले आगामी आइतबारदेखि ५ दिन कारोबार बन्द गराउने तयारी गरेको हाे ।

नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले भने माथिबाट जस्तो निर्देशन आउछ सोहीअनुसारको पालना गर्ने बताए । बोर्डका अध्यक्ष भीष्म ढुंगानाले ५ दिनसम्म मात्रै बन्द गराउन सकिने नीतिगत व्यवस्था रहेका कारण साेभन्दा बढी बोर्डले बन्द गराउन नसक्ने जानकारी गराएका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १३:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया