काठमाडौं– त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले शुक्रबारदेखिका सबै पठनपाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाका अनुसार बिहीबार बसेको परिषद् बैठकले पठनपाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिविका सबै संकाय र सबै तहका चैत ७ गतेपछि हुने परीक्षा स्थगित गरिएको उनले बताए ।
सरकारले कोरोना भाइरस संक्रमण हुन सक्ने आशंका गर्दै बिहीबारदेखि सञ्चालन हुने तय भएको एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।