काठमाडौं– नेपाली कांग्रेसका युवानेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापा कोरोना भाइरसका सम्बन्धमा जानकारी दिनका लागि बिहीबार साँझ फेसबुक लाइभ आउने भएका छन् । थापाले आफ्नो फेसबुक पेजमार्पत सो जानकारी गराएका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ४ बाट सांसद रहेका थापा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको दोस्रो प्रधानमन्त्रीकालमा स्वास्थ्यमन्त्री थिए ।
थापाले बिहीबार दिउँसो फेसबुक पेजमा लेखेका छन्– कोरोना भाइरस (COVID-19) संक्रमणको सन्दर्भमा आज साँझ ७ बजे लाइभ आउँदै छु।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।