माेबाइलबाट ३२१०० डायल गर्नुहाेस्, काेराेनाबारे थाहा पाउनुहाेस्

कोरोना भाइरस सम्बन्धी जानकारी दिने उद्देश्यले नेपाल टेलिकमले ३२१०० नम्बर डायल गरी सुन्न सकिने व्यवस्था गरेको छ । टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोभिड–१९ बारे जानकारीमूलक सामग्री आफ्‍नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्‍न सकिने व्यवस्था गरेको हो । 

उक्त नम्बरमा कल गरे पश्चात् कोभिड–१९, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्‍न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

३२१०० नम्बर डायल गरेपछि यस सम्बन्धि थप जानकारी लिनका लागि सरकारका हटलाइन नम्बरहरु समेत थाहा पाउन सकिने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १४:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया