नारायणकाजी गुटले पहिले माओवादी केन्द्र सिध्यायाे अब नेकपा सिध्याउँछ : डा. बाबुराम भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठको गुटले नै पहिले माओवादी केन्द्र सिध्याएको र अब नेकपाले सिध्याउने भविष्यवाणी गरेका छन् । 

शिक्षामन्त्री गिरिराजमणि पाेखरेलले एसईई परीक्षा समयमा नै स्थगित नगरेकाे विषायलाई भट्टराईले नारायणकाजी श्रेष्ठ गुटसँग जाेडेका हुन् । पाेखरेल नारायणकाजीनिकट नेता हुन् ।

सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्– उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैँ अघिल्लो दिन हैन केही दिन पहिल्यै परीक्षा रोके होलान् ! यति कुरो केही दिनअघि गरेको भए विद्यार्थी–अभिभावक कति तनावमुक्त हुन्थे ? कति खर्च बच्थ्यो ? याे काजी गुटको काम सधैँ शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने, गुट चलाउने ! माके सिध्यायो ! अब नेकपा सिध्याउँछ !'

भट्टराई कांग्रेसकाे सहयाेगमा उनै श्रेष्ठलाई पराजित गरेर गाेरखाबाट प्रतिनिधिसभा सदस्य भएका हुन् । भट्टराईसँग पराजित श्रेष्ठलाई नेकपाले राष्ट्रिय सभा सदस्य बनाएकाे छ । 

 





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १४:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया