गृहकाे निष्कर्ष : भारततिरको सीमाक्षेत्रमा कोरोना भाइरसको उच्च जोखिम

काठमाडौं– छिमेकी राष्ट्र भारततिरको सीमाक्षेत्रमा कोरोना भाइरसको उच्च जोखिम रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । खुला सीमाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको समितिको निष्कर्ष छ ।  

कोरोनाको वस्तुस्थिति, पूर्व तयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बसेको बैठकले उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट जोखिम बढेको निष्कर्ष निकालेको हो । 

भारतमा तीव्र गतिमा कोरोनाको प्रभाव फैलिरहेकको जनाउँदै समितिले नेपालमा पनि यसको असर सक्नेतर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने जाँचलाई थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  

अनर्गल प्रचार गर्ने र अफवाह फैलाउनेलाई कडा कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पनि दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

अफवाह फैलाउने र अनर्गल प्रचार गरेमा १ लाख जरिवाना र ६ महिना कैद हुने व्यवस्था रहेको छ । यसैगरी धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरु समेत केही समय बन्द गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । 



कोरोना भाइरसका कारण विश्वभरी करिब नौ हजारको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन । 



  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १५:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया