सरकारले मालपोत, विद्युत, र यातायात शुल्कमा लाग्ने जरिवाना शुल्क मिनाह गर्ने

काठमाडौं– सरकारले मालपोत, विद्युत, र यातायातमा लाग्ने जरिवानाबापतको शुल्क मिनाह गर्ने भएको छ । सरकारी कार्यालयमा भिडभाड कम गर्ने भन्दैसरकारले यस्तो निर्णय गरेको हो ।  

सरकारले रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार सो निर्णय गरेको हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिले सो निर्णय गरेको हो । 

गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १६:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया