माेदीले 'लगाए' भारतमा जनता कर्फ्यू

एजेन्सी– कोरोना भाइरसको महामारी फैलिरहँदा भारतमा कर्फ्यू घोषणा गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको नाममा सम्बोधन गर्दै कर्फ्यू घोषणा गरेका हुन् । जनताको हितका लागि भन्दै उक्त कर्फ्यूलाई ‘जनता कर्फ्यू’ नाम दिइएको छ । सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले ‘जनताको, जनताद्वारा, जनताका लागि लगाइएको कर्फ्यू’ भनेका थिए ।

जुन कर्फ्यू आगामी आइतबारदेखि बिहान ७ देखि राति ९ बजे सम्मका लागि हुनेछ । ‘घरबाटै गर्न सकिने काम जेसुकै पनि गर्नुहोला, हामीले आफू संक्रमित हुनबाट आफैँ जोगिने संकल्प गर्नु पर्दछ,’ मोदीले भने ।

भारतमा १ सय ७३ जना संक्रमित हुनुका साथै चारजनाको मृत्यु भइसकेको छ । थप क्षति नहोस् भनेर सरकारले कर्फ्यू लागु गरेको हो । प्रधानमन्त्रीले सम्बोधनको क्रममा पहिले झैँ बजारमा जाने वा घुम्ने काम नगर्न पनि आग्रह गरेका छन् ।

उनले भाइरसबाट बच्न जनतालाई स्वयं संकल्प गर्न पनि आग्रह गरेका थिए । संसार नै उक्त भाइरसका कारण संकटमा परिरहेका बेला भारतमा सरकारले नयाँ निर्णय गरेको बताइएको छ ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार २१:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया