चीनमा आज पनि भेटिएनन् कोरोना संक्रमित

एजेन्सी– अहिले विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरस सबैभन्दा पहिले चीनको वुहान सहरमा भेटिएको थियो । तर, विश्वभर फैलिइरहेको यो भाइरस अब चीनमा नियन्त्रणमा पुगेको देखिएको छ । 

हिजो बिहिबार पनि चीनमा एक जना पनि कोरोना भाइरस संक्रमित नयाँ व्यक्ति भेटिएका थिएनन् । 

त्यहाँका अधिकारीहरुले आज अर्थात् शुक्रबार पनि कोरोना संक्रमणका नयाँ केस आफ्नोमा नआएको बताएका छन् । 

तर, बाहिरबाट चीन पुगेका ३९ जनामा चाहिँ कोरोना देखिएको बताइएको छ । पछिल्लो समय चीनमा कोरोनाका कारण मृत्यु हुने संख्यामा पनि कमी आएको छ । अहिलेसम्म चीनमा ३२४८ जनाको मृत्यु भएको छ । चीनभन्दा इटालीमा कोरोना भाइरसका कारण धेरैको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १६:९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया