साप्ताहिक पत्रिका अनिश्चितकालका लागि बन्द

काेराेना भाइरस संक्रमणाकाे जाेखिमलाई मध्यनजर गर्दै काठमाडाै‌ंबाट प्रकाशन हुने साप्ताहिक पत्रिकाहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।

शुक्रबार साप्ताहिक पत्रिकाहरुका सम्पादकहरुले एक संयुक्त वक्तव्य जारी गर्दै तत्कालका निम्ति संघीय राजधानी काठमाडाैंबाट प्रकाशित हुने गरेका साप्ताहिक पत्रिकाहरुको प्रकाशन स्थगित गरेका हुन् ।

सम्पादकहरुकाे संयुक्त वक्तव्यमा वैकल्पिक माध्यम(अनलाइन) बाट सूचना प्रवाह भइरहने उल्लेख गरिएकाे छ ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १६:२४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया