उपत्यकाभित्र सार्वजनिक सवारी बन्द गर्ने तयारी

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई न्यून गर्न काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालिएको छ । 

कोरोना भाइरस संक्रमण फैलिएमा सबैभन्दा बढी जोखिमको क्षेत्र सार्वजनिक यातायात हुने भएकाले काठमाडौं उपत्यकाभित्रको सवारीसाधन बन्द गर्ने तयारीमा सरकार जुटेको हो । 

सवारी बन्दकाे निर्णय गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक जारी छ । शुक्रबार साँझसम्ममा सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय यस समितिले लिने प्रबल सम्भावना रहेको स्रोतले जानकारी दिएकाे छ ।

गत बुधबार समितिले कोरोनाको सम्भावित संक्रमण रोक्न सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधनमा चढ्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको थियो ।

त्यसैगरी यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सवारीको रुटपरमिट खुला गरेको छ ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १७:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया