कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सार्वजनिक विद्यालयलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेका बेला शुक्रबार ट्वीट गर्दै नेता पौडेलले विद्यालयलाई क्वारेन्टाइन बनाउनुपर्ने बताएका हुन् ।
‘६७४२ वडाहरूमा रहेका सार्वजनिक विद्यालयहरूलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सक्ने परिस्थिति छ । यसलाई व्यवस्थित गरी सरकारले आवश्यक निर्णय गरोस्’ पौडेलले भनेका छन् ।
नेता पौडेलले यसको आन्तरिक व्यवस्थापनको जिम्मा स्थानीय जनप्रतिनिधिलाई दिनुपर्ने बताउँदै उनले स्वास्थ चौकिमै कोभिड–१९ परीक्षणका लागि नमुना संकलन गरिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।