अत्यावश्यक बाहेकका सेवा २१ चैतसम्म बन्द, के पर्छन् अत्यावश्यक सेवामा ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ९ चैतदेखि लागू हुने गरि अत्यावश्यकका सेवाबाहेक अन्य सेवा बन्द गरिने जनाएका छन् । 

यो बन्द २१ चैतसम्मका लागि हुनेछ । 

शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । सम्बोधनमा उनले भने, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

नेपालको राजपत्रअनुसार डाँक, तार तथा टेलिफोन सेवा, जल, स्थल तथा हवाइमार्गबाट यात्री र मालसामना ओसारपसार गर्ने, प्रिन्ट तथा सरकारी छापाखाना सम्बन्धी सेवा, सन्चार सेवा, आन्तरिक सुरक्षा सेवा, खानेपानी सन्चालन, पर्यटन आवास, मोटल, होटल सम्बन्धी सेवा, अस्पताल, पेट्रोलियम पदार्थ, बैकिङ, वीमा, विद्युत् सेवा, दैनिक उपभोग्य वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सेवा पर्दछन् ।

अत्यावश्यक सेवाकाे पूर्ण सूची:






  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १८:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया