कोरोना संक्रमणले बाध्यकारी अवस्थामा यी निर्णय लिनपर्‍याे : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै केही उपायहरु बाध्यकारी भएर अपनाउन परेको जनाएका छन् । 

उनले कोरोना महामारीका यी बाध्यकारी नियम ल्याउन परेको जनाएका हुन् । 

उनले सम्बोधनमा भनेका छन्ः 

- नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ।

- सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ। यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरूसंग आवश्यक समन्वय गरिने छ। 

- देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ। 



- आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। 

- मानिसहरूको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ। 



- विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरू हाललाई स्थगित गरिएको छ।

- महामारीको अवस्थालाई हेरी, यहाँहरूकै सहयोगमा थप कदमहरू पनि चाल्न सकिने छ।


  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १९:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया