भारतीय राष्ट्रपतिलाई पनि कोरोना आशंका !

एजेन्सी– भारतमा राष्ट्रपति रामनाथ कोविन्दलाई पनि अब कोरोना भाइरस संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । 

कोविन्दले केही दिनअघि एउटा पार्टी दिएका थिए । यसबारे जानकारी उनी स्वयंले आफ्नो ट्विटरमा सेयर गरेका छन् । त्यो पार्टीमा उनले राजस्थानका सांसदहरु बोलाएका थिए । 

तीमध्ये एक थिए, दुष्यन्त राजे । पूर्वमुख्यमन्त्री वसुन्धरा राजेका छोरा दुष्यन्त यसअघि नै आमासँग सेल्फ आइसोलेसनमा छन् । यी दुईलाई चाहिँ भारतीय गायिका कनिका कपुरले कोरोना भाइरस संक्रमण गराइदिएको हुनसक्ने आशंका छ । कनिकामा कोरोना भाइरस संक्रमण देखिएको छ । उनी केही दिनअघि बेलायतबाट फर्किएकी थिइन् । तर, आइसोलेसनमा नबस्दै उनले एउटा पार्टी दिएकी थिइन् । त्यो पार्टीमा वसुन्धरा र दुष्यन्त पनि सहभागी थिए । 

तिनै दुष्यन्त राष्ट्रपति कार्र्यालय पुगेका थिए, राष्ट्रपतिसँग कुराकानी गरेका थिए, हात मिलाएका थिए । तिनै दुष्यन्तसँग सँगै बसेका सांसद डेरेक ओ ब्रायन पनि अहिले सेल्फ आइसोलेसनमा छन् । यही घटनाक्रमका कारण भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १९:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया