विदेशमा रहेका नेपाली नआत्तिनु: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन आग्रह गरेका छन् ।

कोरोना भाइरसबाट सर्वसाधारण त्रसित भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा शुक्रबार विशेष सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भाइरसको कारण तपाईंहरूलाई मुलुक फर्किन केही असुविधा भएको मेरो जानकारीमा छ । यस घडीमा नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवश्यक पर्दा आफू रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नुहुन आग्रह गर्दछु ।’ 

प्रधानमन्त्री ओलीले नियोगहरूले समस्या समाधान गर्न सक्दो सहयोग गर्ने पनि जानकारी गराएका छन् ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार २२:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया