एन आई सी एशिया बैंकका डिजिटल बैंकिङ्गका विभिन्न सेवाहरू निःशुल्क

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले एनआईसी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

विश्वभरि नै तिब्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्काेमा सजिलै सर्न सक्ने हुनाले भिडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ । यस्तै, देशवासीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरिरहेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै आना ग्राहकलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने विभिन्न सुविधा निःशुल्क गरेको छ ।

बैंकले ग्राहकको सुविधालाई मध्येनजर गर्दै देशैभरि रहेका शाखा कार्यालय, विस्तारित काउण्टर, एटिएम तथा अन्य विभिन्न डिजिटल बैंकिङ्ग माध्यमबाट यथावत सेवा सुविधा उपलब्ध गराउने पनि जनाएको छ । 





  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार १०:५१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया