सार्क आपत्कालीन कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने नेपालको घोषणाको मोदीले गरे स्वागत

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कोभिड १९ सार्क आपत्कालीन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने बताएका थिए । देशवासीका नाममा गरेको सम्बोधनका क्रममा गरेको सो घोषणाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेसमा यो कोषको घोषणा गरिएको थियो ।

शनिबार ट्विट गर्दै मोदीले नेपालको कदमको स्वागत गर्दै भनेका छन्– ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशको समर्थनलाई दर्शाउँछ ।

यसअघि यही चैत २ गते सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीच सामूहिक भिडियो वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आपत्कालीन कोष घोषणा गर्दै भारतले एक करोड अमेरिकी डलर जम्मा गरेको जानकारी दिएका थिए ।

सो रकम कोरोना भाइरसविरुद्धको लडाइँमा खर्च गरिनेछ । सार्क सदस्य राष्ट्रले यो कोषमा आफ्नो स्वेच्छाले रकम जम्मा गर्न सक्नेछन् । यो रकम सार्कका कुनै पनि देशले प्रयोग गर्न पाउनेछन् । 





  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार १४:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया