कोरोना भाइरसबारे अडियोमार्फत् भ्रम फैलाउने पक्राउ

काठमाडौं– कोरोना भाइरसको महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सन्जालमार्फत् भाइरल बनाएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप घर भई भक्तपुरको सिपाडोलमा बस्ने २० वर्षीय विवेक थापा मगरलाई भ्रमणपूर्ण खबर रेकर्ड गरेर सामाजिक सन्जालमा फैलाएको आरोपमा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार यो अडियो क्लिप शनिबार विहानबाट फेसबुकमा देखिएको थियो । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमा सबैभन्दा पहिले त्यो अडियो सार्वजनिक गरेको प्रहरीले जनाएको छ । त्यसपछि त्यो अडियो फैलिएको थियो । मगरसँग अनुसन्धान गर्ने र बयान लिने काम प्रहरीले सुरु गरिसकेको छ ।

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्नेड सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए ।





  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार १७:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया