लन्डनमा कोरोना भाइरसबाट नेपालीको मृत्यु भएको आशंका

बेलायत– बेलायतमा केही दिनअघि मृत्यु भएका एक नेपालीको निधन कोरोना भाइरसका कारण भएको हुनसक्ने आशंका गरिएको छ । उनी भूतपूर्व गोर्खा थिए । 

लन्डनको साउथह्यारो भन्ने ठाउँमा बस्ने ६५ वर्षका पूर्व गोर्खा लिलाबहादुर राईको गत मंगलबार निधन भएको थियो ।

उनलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । तर, अस्पातालले उनको रिपोर्ट आइनसकेको बताएको छ । त्यहाँको सरकारले चाहिँ उनको परिवारलाई सेल्फ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

उनको परिवारले राई केही समययता निमोनियाबाट ग्रस्त भएको जानकारी दिएका छन् । उनको नेपालमा घर संखुवासभामा हो । 





  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार १९:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया