कोमल ओलीसँग नेपालगन्जका यात्रु रोए, उनले सोधिन् सरकारलाई प्रश्न

काठमाडौं–  कुनै बेलाकी चर्चित गायिका कोमल ओलीले अब आफ्नो परिचय फेरिसकेकी छिन् । उनी राष्ट्रिय सभामा सदस्य भएसँगै समसामयिक विषयमा कहिले राष्ट्रिय सभामा त कहिले सामाजिक सन्जालमा प्रश्नहरु गरिरहेकी छिन् ।

केही दिनअघि मात्र पनि उनले कोरोना भाइरसको महामारी बढेको यो समयमा कालोबजारी पनि बढिरहेको भन्दै प्रश्न उठाएकी थिइन् । 

अब फेरि सामाजिक सन्जालमा उनले आफ्नै पार्टीको सरकारलाई प्रश्न राखेकी छिन् । उनले भनेकी छिन्– बसको टिकटमा मनपरी पैसा लिएको समाचार आइरहेका छन् । अनि हेलो सरकारलाई मेन्सन गर्दै के हो भन्ने प्रश्न राखेकी छिन् । 

उनले यही ट्विटमा फेरि नेपालगन्ज जाने यात्रुले ९ सय पर्ने टिकटलाई १४ सय १८ सय तिरेको कुरा उनीसँग रुँदै भनेको पनि बताएकी छिन् । अनि उनको माग छ– त्यसरी ठग्ने यातायात व्यवसायीलाई कडा कारबाही गरियोस !

 





  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार २०:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया