कोरोनका कारण अमेरिकामा २२ लाख र बेलायतमा ५ लाखको मृत्यु हुनसक्छः रिपोर्ट

एजेन्सी– चीनबाट फैलिएको खतरानक भाइरस कोरोनका कारण अहिले विश्व त्रसित भएको छ । विश्वभर विभिन्न देशमा लागेको लकडाउनका कारण करोडौं मानिसहरु आफ्नो घरभित्र थुनिएका छन् । 

कोरोना भाइरसकै खतरालाई हेर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि पूरै बेलायतलाई लकडाउन गरेका छन् । अमेरिकाका क्यालिफोर्नियासहित विभिन्न राज्यमा लकडाउन गरिएको छ । 

यहीबीत बेलायतमा लकडाउन गर्नुको कारण चाहिँ एउटा शोध रिपोर्टलाई कारण मानिएको छ । यो रिपोर्टले अचम्मको एउटा अनुमान लगाएको छ। 

कोरोना भाइरसमाथि लन्डनको इम्पेरियल कलेजको रिपोर्टमा गरिएको यो शोधले अनुमान लगाएको छ कि कोरोना भाइरस यदि नियन्त्रणमा आएन भने यसको फैलावट जसरी भएको छ, त्यसका कारण बेलायतमा ५ लाख १० जना मानिसको मृत्यु हुनसक्छ । 

यही शोधले अमेरिकाबारे पनि आफ्नो अनुमान गरेको छ । रिपोर्टका अनुसार कोरोना भाइरस नियन्त्रणमा नआएको खण्डमा अमेरिकामा २२ लाखसम्मको मृत्यु हुनेछ । यो रिपोर्टले यदि समय रहँदै भाइरसमाथि कब्जा नजमाउने हो भने यी दुई देशको अवस्था निकै समस्याग्रस्त हुने जनाइएको छ । 

यही रिपोर्टलाई आधार बनाएर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई पूरै लकडाउन गरेको बताइएको छ । यही रिपोर्टमा यो पनि अनुमान गरिएको छ कि तीन महिनासम्म पनि भाइरस नियन्त्रणमा नआएमा मृत्यु हुनेको संख्या निकै बढी हुने र यसका कारण ८१ प्रतिशत मानिसहरु प्रभावित हुनेछन् ।



इम्परेरियल कलेज अफ ब्रिटेनले यस्तो चेतावनी सरकारलाई दिएको यो पहिलो पटक होइन । पछिल्ला महामारीका सन्दर्भमा पनि यो कलेजले बारम्बार आफ्ना शोध प्रकाशन गर्ने गरेको छ । यो रिपोर्टलाई नेतृत्व प्रोफेसर निल फर्गुसनले गरेका हुन् । उनीसँग यो रिपोर्टमा काम गर्ने विश्व स्वास्थ्य संगठनसहित अरु ५० वैज्ञानिक छन् । 

प्रोफेसर फर्गुसनले यो रिपोर्ट इटालीको पछिल्लो अवस्थालाई लिएर बनाएको बताएका छन् । अहिलेसम्म इटालीमा कोरोना भाइरसका कारण ४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।



  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार २१:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया