घरविहिनलाई कोरोना भाइरसबाट बचाउन लन्डनका महंगा होटल खुला

एजेन्सी– घर नभएर सडकमा रात कटाउनेहरुका लागि अब लन्डनका महंगा होटल खुल्ने भएका छन् । कोरोना भाइरस संक्रमणबाट उनीहरुलाई बचाउन यस्तो अभियान सुरु गरिएको हो । 

लन्डनका मेयर सद्दिक खानका अनुसार उनको कार्यालयले त्यहाँको इन्टरकन्टिनेन्टल होटल ग्रुपसँग अबका १२ साता सस्तोमा कोठा दिन सम्झौता गरिसकेको छ । 

लन्डनमा सडकमा सुत्नेहरु कोरोना भाइरस संक्रमणको जोखिममा भएको अनुमानसहित यो निर्णय आएको हो ।





  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार २१:५३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया