कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्ने को जमात दैनिक बढ्दो छ । शनिबार सबैभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार साँझसम्म एकैदिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका हुन् ।
यही दिन बाहिरिने गाडीको संख्या २७ हजार २ सय ६० रहेको छ। त्यस्तै शनिबार नै ४० हजार १ सय ६३ यात्रुसँगै १४ हजार ५ सय ७४ सवारी साधन काठमाडौं भित्रिएका छन् ।
बुधबारयता काठमाडौं छाड्ने यात्रुको संख्या ४ लाख ७० हजार १ सय १७ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भिमप्रसाद ढकालले बताए। उनका अनुसार टिकट काउन्टर र बसपार्कमा शनिबार यात्रुको भिड अघिपछि भन्दा बढी रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।