काठमाडौं– सिंगापुरबाट यात्रु लिएर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको सिल्क एयरमा रहेका यात्रुलाई विमानस्थलले ओर्लिन दिएको छ । झन्डै दुई घन्टा भइसक्दा पनि ती यात्रुहरुलाई ओर्लिन नदिइएको हो ।
विमानमा एक डेनमार्कका नागरिक भएको भन्दै विमानबाट यात्रुहरुलाई बाहिर आउन नदिइएको हो । पछिल्लो समय सरकारले प्रतिबन्ध लगाएका मुलुकबाट आउने विदेशीलाई फिर्ता गराउने गरेको छ । नेपाली मूलका ती यात्रुका कारण विमानबाट कसैलाई पनि ओर्लिन नदिइएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
अहिलेसम्म यो विमानलाई के गर्ने भन्ने निक्र्योल निकालिएको छैन । विमानमा इन्धन सकिएको भन्दै पाइलटले अवतरण गराएकाले विमानमा इन्धन भरेर फिर्ता पठाउने तयारी हुनसक्ने नागरिक उड्ड्यन प्राधिकरणका एक उच्चपदस्थ अधिकारीले फरकधारलाई जानकारी दिएका छन् ।
यो विमानमा नेपालले प्रतिबन्ध लगाएका देशका नागरिक भएकाले यस्तो निर्णय लिन परेको बताइएको छ । यसअघि यो विमानमा उडान भर्ने भन्दै विमानस्थलमा केही यात्रुले बोर्डिङ पाससमेत लिइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।