एजेन्सी– अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरस परीक्षण गर्ने भएका छन् ।
अमेरिकामा कोरोना भाइरससम्बन्धी काम गरिरहेको टिमलाई संयोजन गरेका पेन्सले स्थानीय समयअनुसार शनिबार अबेर राति आफ्नो परीक्षण गर्ने बताएका हुन् । उनका साथै उनकी श्रीमतीको पनि परीक्षण गर्ने भइएको छ ।
कोरोना भाइरससम्बन्धी कार्यदलको नेतृत्व गरेका पेन्सले कार्यदलका अर्का एक सदस्यलाई कोरोना भाइरस संक्रमण देखिएपछि परीक्षण गर्ने निर्णय गरेका हुन् ।
तर, उनले कार्यदलका कुन सदस्यमा कोरोना भाइरस देखिएको हो भन्ने बताएका छैनन् । बरु कोरोना लागेका ती सदस्यको स्वास्थ्य अहिले स्थिर रहेको उनले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।