सिल्क एयरबाट यात्रु झारियो, क्वारेन्टाइनमा राखिने

काठमाडौं– कोरोना भाइरस संक्रमणका लागि रोकथाम गरिएको देशबाट पनि यात्रु आएको भन्दै विमानस्थलमा झन्डै चार घन्टा रोकिएको सिल्क एयरको विमानबाट यात्रुहरु झारिएको छ । 

त्यहाँका सबै यात्रुलाई क्वारेन्टाइनमा पठाइने निर्णय भएको त्रिभुवन विमानस्थलका एक कर्मचारीले फरकधारलाई जानकारी दिएका छन् । 

सिल्क एयरको यो विमानमा प्रतिबन्धित देशबाट नेपाली मूलका व्यक्ति पनि आएको बताइएपछि विमान अवतरण गरेको लामो समयसम्म पनि यसबाट यात्रुलाई झर्न दिइएको थिएन ।

शनिबार विहानमात्र नेपाल सरकारले प्रतिबन्ध लगाए पनि विदेशी विमानहरुबाट ६१ जना नेपाली काठमाडौं आइपुगेका थिए । उनीहरु सबैलाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएकोे छ ।

सिल्क एयरमा आएका यात्रुलाई चाहिँ कहाँको क्वारेन्टाइनमा राखिने भन्ने अहिलेसम्म निर्णय गरिएको छैन ।






  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार ०:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया