लखनउमा ‘तहल्का मच्चाएकी’ कनिका अब अस्पताललाई ‘घाँडो’

एजेन्सी– केही दिनअघि भारतीय गायिका कनिका कपुर चर्चामा आइन् जब उनलाई पनि कोरोना भाइरस लागेको पुष्टि भयो । उनलाई कोरोना भाइरस पोजिटिभ देखिँदा त्यहाँ ठूलो हंगामा मच्चिएको थियो ।

किनकि कनिकाले योबीचमा त्यहाँ धेरै मानिसहरु भेटेको बताएकी थिइन् । उनले लखनउमा भएको एउटा पार्टीमा राजस्थानकी पूर्वमुख्यमन्त्री वसुन्धरा राजे, त्यहाँका सांसदहरुलाई पनि भेटेकी थिइन् जो पछि भारतीय राष्ट्रपतिले दिएको पार्टीमा समेत पुगेका थिए ।

त्यसपछि कनिका शुक्रबार लखनउमा रहेको सन्जय गान्धी पिजिआई अस्पतालमा भर्ना भइन् । तर, त्यहाँ पनि माहोल यस्तो भयो कि अस्पतालले उनीसँग सहयोग माग्दै विज्ञप्ती नै जारी गर्नु परेको छ ।

अस्पतालले उनलाई सबै सुविधा दिएको भन्दै रिलिज जारी गरेको हो । तर, उनले एक सर्वसाधरण नभएर एउटा स्टारको व्यहार गरेको आरोप अस्पतालले लगाएको छ ।

अस्पतालका प्रमुख प्रोफेसर आरे धिमानले बिबिसीसँग भनेका पनि छन्, ‘उनलाई हामीले सबै राम्रो सुविधा दिएका छौँ, एयर कन्डिसन रुम दिएका छौँ, उनको कोठामा टिभीसमेत राखिदिएका छौँ ।’

अस्पतालले यस्तो भन्नुको कारण चाहिँ कनिकाले एउटा टिभीमा दिएको अन्तर्वार्ता हो । उनले एउटा टिभीमा अन्तर्वार्ता दिँदै आफूलाई अस्पतालमा अपराधीजस्तो व्यवहार गरिएको आरोप लगाएकी थिइन् । 





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार ११:४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया