लमजुङका सरकारी कार्यालय जानेले हात धुनै पर्ने

लमजुङ– लमजुङका सरकारी कार्यालयमा सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश गर्दा हात धोएर मात्र प्रवेश गराउने व्यवस्था गरिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न र जनतामा सचेतना ल्याउन सरकारी कार्यालयहरूले हात धुने व्यवस्था गराएका हुन् । यस्तो व्यवस्था जिल्ला प्रशासन कार्यालय लमजुङ र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमजुङले सुरु गरेको हो ।

प्रशासनले बिहीबारबाट हात धुने व्यवस्था सुरु गरेपछि जिल्लाका विभिन्न सरकारी कार्यालयले समेत यस्तो व्यवस्था सुरु गरिसकेका छन् । कार्यालय अगाडि राखिएको साबुन र पानीले हात धोएर मात्र सेवाग्राही कार्यालय प्रवेश गर्न पाउँछन् ।

कर्मचारीसमेत साबुनपानीले हात धोएर मात्र आफ्नो काममा खटिने गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए । प्रशासनले चलाएको यो हात धुने कार्यक्रमको सेवाग्राहीले प्रशंसा गरेका छन् ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १३:१९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया