कोरोना भाइरसबाट बढी प्रभावित भारतका ७५ जिल्ला 'लकडाउन'

नयाँ दिल्ली– भारत सरकारले कोरोना भाइरसबाट बढी प्रभावित ७५ जिल्ला 'लकडाउन' गरेकाे छ । हिन्दुस्तान टाइम्सका अनुसार मार्च ३१ सम्मका लागि आइतबारदेखि ७५ वटा जिल्लामा रेल, मेट्रो र आन्तरिक सवारीका लागि प्रयोग गरिने यातायातका साधनहरुको आवतजावतमा प्रतिबन्ध लगाइएको हो । 

आइतबार बिहार र महाराष्ट्रमा कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । हाल भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ भने कोरोना संक्रमितको संख्या ३७० पुगेको छ ।

सरकारले जारीको विज्ञप्तिमा भनिएको छ- कोभिड-१९ को संक्रमण तीव्र रुपमा फैलिरहेकोले आकस्मिक रुपमा यस्तो निर्णय गरिएको हो । अत्यावश्यकबाहेकका यात्राहरुका लागि अन्तर-राज्य यातायात सेवासमेत ३१ मार्चसम्म अवरुद्ध गरिएको छ । सरकारले सम्पूर्ण राज्यका मुख्य सचिवहरुको आकस्मिक बैठकपछि ७५ जिल्लामा लकडाउन गर्ने निर्णय गरिएको हो ।

विभिन्‍न राज्य सरकारका प्रतिनिधिहरुबीचको बृहत् बैठकपछि अत्यावश्यकबाहेक सेवा बन्द गर्ने सहमति भएपछि कोरोनाको संक्रमण देखिएका र मानिसको मृत्यु भएका ७५ जिल्लामा लकडाउन गरिएको विज्ञप्तिमा भनिएको छ। 





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १७:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया