नेविसंघकाे ६ बुँदे माग– इन्टरनेट निःशुल्कदेखि घरभाडा छुटसम्म

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले कोरोना सन्त्रासमा रहेका जनताका लागि सरकारसँग ६ बुँदे माग राखेको छ । जसअनुसार संघले इन्टरनेट सेवा निःशुल्क गर्नुपर्ने तथा हवाई भाडा, घरभाडा लगायतमा छुट दिन सरकारको ध्यानकर्षण गराएको हो । 

कोरोना भाइरसको संक्रमणले विश्वभर महामारी रूप लिँदै गएको अवस्थामा यसको त्रासले दैनिक जनजीवन र सामाजिक व्यवस्था नखलबलियोस् भन्नेतर्फ सजगता अपनाउन सरकारको ध्यानकर्षण गराउँदै संघले उपत्यकाबाहिरका घर जान इच्छुक विद्यार्थीलाई निःशुल्क घर पठाउने व्यवस्था गर्न माग गरेको छ ।

आइतबार नेविसंघ अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा हवाईसेवामा विद्यार्थीलाई छुट सुविधा हटाएको खबरप्रति ध्यानकर्षण भएको उल्लेख गर्दै घर जान इच्छुक विद्यार्थीलाई निःशुल्क घर पठाउन माग गरेको हो । 

सं३ले विद्यार्थीहरूलाई घरभाडामा ५० प्रतिशतसम्मको छुट दिलाउन पनि माग गरेको छ । विद्यार्थीहरु पढाइको अलवा घरभाडा र उपभोग्य सामाग्रीअभावमा रहेको भन्दै नेविसंघले  जबर्जस्ती उनीहरुलाई यहीँ बस भन्न नमिल्ने भन्दै यी माग राखेको हो । 





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १८:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया