इरानले भन्यो– अमेरिकी औषधीले झन् कोरोना फैलाउने हो कि ?

इरानका सर्वोच्च नेताले अमेरिकाले कोरोना भाइरसविरुद्ध लड्न दिने भनेको सहयोगलाई अस्वीकार गरेका छन् । 

राष्ट्रिय टेलिभिजनमा एक सम्बोधन गर्दै आयोतुल्लाह खलि खामेनीले भनेका छन्, ‘अमेरिका इरानका लागि सबैभन्दा ठूलो दुश्मन हो ।’ उनले अमेरिकाले नै यो भाइरस फैलाएको आरोप पनि लगाएका छन् । यसका लागि उनले चीनसँग आफ्नो कुराकानी भएको पनि दाबी गरेका छन् । 

‘मलाई थाहा छैन, यो आरोप कति सत्य हो तर उनीहरुको सहयोग नै लिन कसरी हामीले सक्ने ?’ उनले भनेका छन्, ‘अमेरिकी औषधी लिँदा झन् कोरोना भाइरस फैलिने पो हो कि ?’

उनले अरु कुनै पनि प्रमाण नदिइ अमेरिकाले यो भाइरस इरानी मानिसहरुलाई नै लक्षित गरेर विकास गरेको र उनीहरुले इरानको वंशानुगत गुण पहिले नै थाहा पाएकाले यस्तो गरेको हुनसक्ने आरोप पनि लगाएका छन् । 

त्यसो त, इरानका अरु अधिकारीले पनि त्यहाँ भाइरस संक्रमण निकै फैलिएपछि अमेरिकालाई नै यो सब आरोप लगाउँदै आएका थिए । 

पछिल्लो समय चीन र इटालीपछि कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित देशमध्ये एक हो, इरान । इरानमा २१ हजारभन्दा धेरै यो भाइरसबाट संक्रमित भएका छन् भने त्यहाँको सरकारी आँकडाअनुसार १६८५ जनाभन्दा धेरैको मृत्यु पनि यही भाइरसका कारण भएको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १८:१७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया