इटालीमा ४ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण

एजेन्सी– चीनपछि कोरोना भाइरसका कारण सबैभन्दा धेरै पीडित बनेको छ, इटाली । अब त झन्, यो भाइरसका कारण इटालीमा चीनको भन्दा पनि बढी मानिसको मृत्यु भइसकेको छ । आइतबार साँझसम्म त्यहाँ ४ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ । 

अब इटालीबाट नयाँ तथ्यांक आएको छ । त्यो हो, इटालीमा चार हजारभन्दा धेरै स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएका छन् । 

यी स्वास्थ्यकर्मीलाई इटालीको सरकारले क्वारेन्टाइनमा रहन अनुरोध गरेको छ । अनि उनीहरुका बालबच्चालाई स्कुलमा जान भनिएको छ । त्यसैले इटालीले अझै केही समय स्कुलहरु बन्द नगर्ने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १९:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया