बच्चन परिवार निस्कियो छतमा, बजायो घन्टी र ताली (भिडिओ)

एजेन्सी– पछिल्ला केही दिन भारतमा लगातार कोरोना भाइरस पीडितको संख्या बढ्दै छ । यसबीचमा कोरोना वारियर्सलाई धन्यवाद दिनका लागि भारत सरकारले अपिल गरेको थियो । 

त्यही अपिलअनुसार बलिउडका सेलिब्रेटीहरुले पनि २२ मार्चको साँझ पाँच बजे घरको बाल्कोनी वा छतमा निस्किएर ताली, शंख तथा घन्ट बजाएका छन् ।

बलिउडमा चर्को स्थान बनाएका बच्चन परिवारले पनि यसै गरेको छ । 

अभिषेक बच्चन, छोरी आराध्या बच्चन तथा पत्नी ऐश्वर्या राय बच्चनसँग देखिएका छन् । अनि यसमा अमिताभ बच्चन पनि ताली बजाइरहेका देखिएका छन् ।

सामाजिक सन्जालमा यो भिडियो अहिले निकै द्रुत गतिमा फैलिइरहेको छ ।

  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १९:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया