भोलिदेखि एक साताका लागि भारत र चीन दुवैतिरका सीमा नाका बन्द

काठमाडौं– आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । 

अब भोलि सोमबारदेखि दुवैतर्फबाट सीमा नाका एक साताका लागि बन्द हुने भएका छन् । सीमा नाका बन्द गर्ने यो निर्णय सोमबार विहान १० बजेबाट लागू हुने बैठकमा सहभागी एक मन्त्रीले फरक धारसँग बताए ।

भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि नेपालले यो निर्णय गरेको हो । त्यसो त यसअघि नै कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिमा पनि यो कुरा उठेको थियो । तर, भारतले जवाफ नदिँदा यो निर्णय हुन सकेको थिएन । 

आइतबार दिउँसो यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर सल्लाह गरेका थिए ।

भारतमा कोरोना भाइरस संक्रमण थप फैलिँदै गएपछि भारतमा काम गर्न गएका वा पढ्न गएका नेपालीहरु धमाधम नेपाल फर्किँदै थिए । हिजो शनिबार मात्र भारतबाट १५ हजारभन्दा धेरै मानिस नेपाल फर्किएको जनाइएको छ ।

सरकारको यो निर्णय आउनुअघि नै कन्चनपुर जिल्लाले आफूलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिसकेको थियो ।



उता, भारतमा पनि नयाँ दिल्लीका सबै सीमा भोलिबाट पूर्ण रुपमा बन्द गरिएका छन् ।



  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार २०:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया