नयाँ खाेज: यस्ता लक्षण पनि देखिए फ्रान्सका कोरोना संक्रमितमा

एजेन्सी– पछिल्लो समय विश्वमा डरको माहोल बनाइरहेको कोरोना भाइरसबारे नयाँ तथ्यहरु आउन थालेका छन् । 

यसअघि यो भाइरस लागेका बिरामीलाई ज्वरो आउने, सुख्खा खोकी लाग्ने लक्षण देखिने बताइएको थियो । तर, फ्रान्समा स्वास्थ्य अधिकारीहरुले यसबारे नयाँ तथ्य पनि सार्वजनिक गरेका छन् । 

उनीहरका अनुसार कोभिड १९ भएका बिरामीले सुँघ्ने शक्ति पनि गुमाउँछन् । एनोस्मिया भनिने यो अवस्था विशेषगरि युवा अवस्थाका कोरोना संक्रमितमा देखिने बताइएको छ । 

फ्रेन्च स्वास्थ्य सेवाका प्रमुख जेरोम सालोमोनले भनेका छन्, ‘युवाहरुमा यदि खोकी लागेको छैन तर अचानक सुँघ्ने शक्ति गुमेको छ भने पनि उनीहरुलाई कोरोना भाइरस संक्रमण भएको मान्न सकिन्छ ।

उनका अनुसार स्वाद लिन सक्ने शक्तिको कमजोर हुँदै जानु पनि अर्को लक्षण कोभिड १९ बारे देखिएको छ । 





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार २२:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया