काेराेना भाइरस: सेल्फ क्वारेन्टाइनमा बसेका नेपाली नेता के गर्दैछन् ?

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी बन्दै गएपछि नेपालका विभिन्न दलका नेताहरूले पनि सतर्कता अपनाउन थालेका छन् ।

सेल्फ क्वारेन्टाइनमा बस्न थालेका नेताहरूले कार्यकर्ताहरूसँग नियमित छलफल र भेटघाट लगभग बन्द गरेका छन् । यद्यपि उनीहरूले फोन वा कुनै माध्यममार्फत कार्यकर्ताहरूलाई सुरक्षित रहन आग्रह भने गर्दै आएका छन् ।

बाबुराम भट्टराई

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई केही दिनयता टोखास्थित डेरामा छन् । उनी फोनबाटै पार्टीका नेता तथा कार्यकर्तासँग कुराकानी गर्छन् ।  

कोरोनाबारेको सचेतना गाउँमा कम भएकाले उनी नेता÷कार्यकर्तालाई फोन सम्पर्कबाट आफू सतर्क रहन आग्रह गरिरहन्छन् । बाबुरामका स्वकीय सचिव रोशन पोख्रेलले फोनबाट पार्टीका कार्यकर्तासँग सम्पर्क गर्दै कोरोना भाइरसबाट जोगिन सचेत गराउने गरेको बताए । यसबाहेक उनले पुस्तक पढेर समय बिताउने गरेका छन् । 

राजेन्द्र महतो



राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतो पनि केही दिनयता घरमै बस्न थालेका छन् । उनले पनि कोरोना संक्रमणबाट जोगिन पार्टीका काम तथा कार्यकर्ता भेटघाटलाई स्थगित गरेका छन् । नेता–कार्यकर्तासँग फोनबाटै कुराकानी हुने गरेको उनी बताउँछन् । 

बाँकी समय उनले अध्ययन गरेर बिताउने गरेका छन् । उनी भन्छन्, ‘घरमै बसिरहेको छु । यस्तो समयमा भेटघाट ठीक हुँदैन । समाचार पढ्ने, किताब पढ्ने, बच्चाहरूसँग खेल्छु । यसरी नै समय बितेको छ ।’ 



गगन थापा

गगन थापा आइतबारदेखि भेटघाट बन्द गरेर घरमै बस्न थालेका छन् । उनी परिवार र छोरीहरूलाई समय दिने, पुस्तक पढ्ने र कोरोनाको निरन्तर अपडेट लिने गरिरहेका छन् ।

‘अहिले विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट नेपाल र नेपाली जोगिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि आफू सतर्क हुने र सबैलाई सतर्क गराउने भूमिका सबैले निर्वाह गर्नुपर्छ ।’ उनले यसमा सरकारलाई सहयोग गर्दै हरेक तहका सरकारलाई घचघच्याउने भूमिकामा रहनेसमेत स्पष्ट पारे ।

  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार २२:५७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया