गुल्मीमा काेराेनाभन्दा चाेरकाे त्रास बढी

गुल्मीमा कोरोनाको त्राससंगै चोरीको त्रास पनि बढेको छ । पछिल्ला दुई दिनमा मात्रै जिल्लाको धुर्कोट गाउँपालिकाका विभिन्न स्थानका २३ पसलमा चोरी भएको छ । 
शनिबार राति सामुदायिक रेडियो धुर्कोट सहित १४ पसलहरुमा तोडफोड तथा चोरी भएको हो ।

अज्ञात समुहले धुर्कोट गाउँपालिका ४ जैसीथोक स्थित रेडियो धुर्कोट र १३ वटा पसल तथा वडा ६ रजस्थलको एउटा पसलमा चोरी गरेको स्थानीयले बताए । 
रेडियोको ताला फोडिएको भए पनि अन्य क्षति नभएको रेडियो संचालक समिति सचिव कृष्ण केसीले बताए । तर संचारमाध्यमकै ताला फोरिनुले आफुहरु असुरक्षित भएको महसुस भएको केसीको भनाई छ । 

पसलहरुमा पनि ठुलो क्षति छैन् । अधिकांश पसलहरुका ताला तोडिएको छ । गोलपोखरीस्थित बसन्त विकको पसलबाट कानमा लगाउने मुन्द्री र घाँटीमा लगाउने जन्तर चोरी भएको स्थानीय स्वास्थ्यकर्मी अर्जुन भण्डारीले बताए । 

सोही ठाउँका लालबहादुर थापाको गल्ला तथा किराना पसलबाट नगद १० हजार तथा केही गल्ला सामग्री लगेका छन् । अधिकांश पसलहरुमा घर्रामा रहेको २० हजारसम्मको नगद, रिचार्ज कार्ड, केही गहना र अन्य गल्ला समान चोरी भएको वस्तु प्रहरी चौकीका प्रमुख लोकमान ताम्राकारले जानकारी दिए । 

शुक्रबार धुर्कोट गाउँपालिका १ नयाँगाउँमा पनि वडा कार्यालयको ताला फोडनुको साथै ९ वटा पसलहरुमा चोरी भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको ताम्राकारले जानकारी दिए । 

नागरिकलाई कोरोना संक्रमणको त्राससंगै चोरीको चिन्ता थपिएकाले प्रहरी र प्रशासनमा पनि खबर भइसकेको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । 



उनले चोरीको प्रकृति देखेर आफु पनि अचम्म परेकाले गाउँकै केही युवाहरुको संलग्नतामा बद्मासी भएकाले प्रहरीलाई गम्भीर भएर अनुसन्धान गर्न आग्रह गरे । चोरी गर्ने समुहले प्रत्येक रात गाउँ फेर्ने गरेका छन् ।

केहि महिना पहिले गुल्मी दरवार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानमा करिव एक हप्ता यस्तै प्रकृतिका चोरीका घटना भएका थिए ।



  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार २३:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया