अमिताभ बच्चनले हातमा स्ट्याम्प हानेर घरमै क्वारेन्टाइनमा बसेको फोटो ट्विटरमा सार्वजनिक गरेका छन् ।
मंगलबार उनले ट्विटरमा सेयर गरेको फोटोमा ‘टी–३४७३ ले मुम्बईमा स्ट्याम्पिङ सुरु गरेको जनाउँदै सुरक्षित रहनुहोस्, सावधान रहनुहोस् र यदि भेटिएमा अलग्गै रहनुहोस्’ भनेर लेखेका छन् ।
अमिताभ बच्चनले सामाजिक सञ्जालमा कोरोना भाइरसबारे लेख्दै आएका छन् । उनले केही दिनअघि कोरोना भाइरसबारे जानकारी दिँदै एउटा कविता र भिडियो पनि पोष्ट गरेका थिए ।
त्यस्तै अर्का वलिउड स्टार ९७ वर्षीय दिलीप कुमारले पनि आफू क्वारेन्टाइनमा बसेको ट्विटमार्फत जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।