के गर्मी लाग्दा काेराेना हराउँछ ?

कोरोना भाइरस (कोभिड–१९) डिसेम्बरको अन्तिमबाट चीनको वुहानबाट सुरु भएको हो । तर, अहिले यो भाइरस  लगभग दुई  सय  देशमा फैलिइसकेको छ । कोरोनाका कारण विश्वभरका सरकार आफ्ना नागरिकलाई सर्तक बनाइरहेका छन् । यो भाइरसको संक्रमणबाट बच्नका लागि चेतना फैलाउने क्रम जारी छ । तर, कोरोनाका विषयमा अनेक खालका अफवाहसमेत फैलिएका छन् । यसका कारण मानिसको मनमा अनेक खालका प्रश्न उठेका छन् । यसबारे आजकाे नयाँ पत्रिकामा समाचार छापिएकाे छ । जसकाे बाँकी छ:

  • गर्मी लागेपछि कोरोनाको संक्रमण अन्त्य हुने दाबी धेरै देशका मानिसले गरिरहेका छन् । कतै औषधि पानीमा उमालेर सेवन गर्न सल्लाह दिइएको छ । यहाँसम्म कि नुहाउनका लागि तातोपानीको प्रयोग गर्नसमेत भनिएको छ ।  
  • केही दिनयता सामाजिक सञ्जाल यस्ता अफवाहले भरिएका छन् । एउटा पोस्ट विश्वभरका हजारौँ मानिसले सेयर गरिरहेका छन् । ती पोस्टमा दाबी गरिएको छ कि, तातो पानी पिउने र सूर्यको किरणमा रहँदा भाइरस मर्छ । आइसक्रिमलगायत चिसो पदार्थ नखानसमेत भनिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता गलत समाचारहरू युनिसेफले भनेको भन्दै म्यासेज बक्समा समेत पठाइरहेका छन् । 

यसरी फैलिन्छ 

  • अफवाह फैलिने क्रम जारी रहँदा युनिसेफमा कार्यरत चार्लेट गोर्जिन्ज्कले सामाजिक सञ्जालमा फैलिएका त्यस्ता दाबीलाई भ्रामक बताए । उनले भनेका छन्, ‘हालै एक म्यासेजमा युनिसेफको नाम जोडेर अफवाह फैलाइएको छ । त्यसमा आइसक्रिमसँगै चिसो पदार्थबाट टाढा बस्दा भाइरसबाट बच्न सकिने बताइएको छ । यो झुटो म्यासेज हो ।’
  • जब कोरोना संक्रमित व्यक्तिले खोकेमा वा हाछ्युँ गरेमा उसको थुकका कण हावामा फैलिन्छ, तीनै थुकका कणका माध्यमबाट कोरोना फैलिन्छ । मानिसले एकपटक हाछ्युँ गर्दा थुकका तीन हजारभन्दा धेरै कण अर्थात् ड्रोपलेट्स शरीरबाहिर आउँछन् ।
  • संक्रमित व्यक्तिको नजिक जाँदा ती कण सास हुँदै शरीरमा प्रवेश गर्छन् । कहिलेकाहीँ ती कण कपडा, दराजको ह्यान्डल र तपाईँको सामानमा पर्न सक्छ । ती ठाउँमा कसैको हात परेमा र उसले त्यही हातले आँखा, नाक, कान वा मुखमा छोएमा कोरोना भाइरसको संक्रमण हुन सक्छ । 
  • अमेरिकन नेसनल इन्स्टिच्युट एन्ड हेल्थले आफ्नो अध्ययनमा थुकको कणमा भाइरस तीन–चार घन्टासम्म जिउँदो रहने तथ्य फेला पारेको छ । भाइरस हावामा समेत बाँच्न सक्छ । तर, यदि ती कण ढोकाको ह्यान्डल, लिफ्ट बटनजस्ता धातुजस्ता सतहमा ४८ घन्टासम्म जीवित रहन्छ । 
  • यदि, संक्रमित व्यक्तिको थुकको कण स्टिलको सतहमा प-यो भने भाइरस दुईदेखि तीन दिनसम्म जीवित रहन सक्छ । केही पुराना रिसर्चका आधारमा यो भन्न सकिन्छ कि, भाइरस अनुकूल परिस्थितिमा एक हप्तासम्म जीवित रहन सक्छ । कपडाजस्ता नरम सतहमा यो भाइरस लामो समय जिउँदो रहन सक्दैन । यस्तो अवस्थामा यदि तपाईंले दुई दिनसम्म एकै कपडा लगाउनुहुन्न भने भाइरस एक्टिभ हुँदैन । तर, कुनै संक्रमित सतहमा छुँदा तपाईंलाई कोरोना भाइरस हुन सक्छ । जबसम्म मुख, आँखा, नाकका माध्यमबाट तपाईँको शरीरमा जाँदैन, तबसम्म केही हुँदैन । 
  •  
  • त्यसैले, आफ्नो मुखलाई छोइराख्ने वा हात नधोई खाना खाने काम बन्द गर्नुपर्छ । यसको मतलब जसलाई कोरोना भएको छ, उसले केही छोयो वा खोक्यो भने अर्को व्यक्तिले ती सामान छुँदा आँखा मुख र नाकका माध्यमबाट भाइरस शरीरमा सर्छ ।  

गर्मीले पार्ने प्रभाव

  • कोरोना भाइरस ६० देखि ७० डिग्री सेल्सियसको तापक्रममा नष्ट हुन सक्दैन । त्यति तापक्रम कसैको शरीरमा हुँदैन । केही भाइरस तापमान बढेपछि नष्ट हुन्छन्, तर कोरोना भाइरसमा बढ्दो तापक्रमको के असर हुन्छ ? आउनुहोस् जानौँ । बेलायती डाक्टर सारा जार्बिसका अनुसार सन् २००२ को नोभेम्बरमा सार्स महामारी सुरु भयो जुन–जुलाईमा नियन्त्रणमा आयो । तर, यो तापक्रममा आएको परिवर्तनको कारण भयो या अन्य कुनै, त्यो भन्न गाह्रो छ । 
  • भाइरसबारे अनुसन्धान गर्ने अर्का डाक्टर परेश देशपाण्डेका अनुसार गर्मी समयमा हाछ्युँ गर्दा आएको थुकको छिटा भुइँमा झरेर चाँडै सुक्ने हुनाले संक्रमण फैलिने सम्भावना कम हुन्छ । 
  • फ्लु या भाइरस गर्मीयाममा शरीरबाहिर रहन सक्दैनन्, तर हामीलाई यो थाहा छैन कि, कोरोना भाइरसमा गर्मीको कस्तो असर पर्छ ।




  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार २३:५५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया