इटालीमा कोरोना संक्रमितको तथ्यांकमा 'खुसी बनाउने' सुधार

एजेन्सी– पछिल्लो समय कोरोना भाइरस संक्रमणले सबैभन्दा बढी पिरेको देश इटालीमा अब तथ्यांक सुधारतर्फ देखिएको छ । 

आइतबार त्यहाँ ६ सय ५१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भयो । यो अघिल्लो दिनको भन्दा कम संख्या हो । शनिबार इटालीमा ७ सय ९३ जनाको कोरोना भाइरस कारण मृत्यु भएको थियो । यसअघि त्यहाँ प्रत्येक दिन कोरोना भाइरस संक्रमित तथा मृतकको संख्या बढ्दो थियो । 

त्यसो त आइतबाट त्यहाँ १० प्रतिशत बढी मानिसमा कोरोना संक्रमण देखियो । तर, यो पनि अघिल्ला दिनहरुको तुलनामा कम हो । अब इटालीमा ५९ हजार १३८ जना कोरोना संक्रमित भएका छन् । 

पहिलो पटक २१ फ्रेबुअरीमा कोरोना संक्रमण देखिएपछि इटालीमा सबैभन्दा राम्रो सुधार नै आइतबार देखिएको हो ।





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार ०:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया