वरुणले दीपिकालाई सोधे– सधैं किन नाइट सुटमा ? दीपिकाले दिइन् यस्तो जवाफ

एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोणले कोरोना भाइरस सचेतनाका लागि इन्स्टाग्राममा राखेको तस्वीर अहिले निकै भाइरल भएको छ । उनले यो पोस्टमा खासमा जुस पिएको तस्वीर राखेकी थिइन् । अनि यसलाई सेयर गर्दै उनले कोरोना भाइरसको यो समयमा केही प्रोडक्टिभ काम गरिरहेको पनि बताएकी छिन् । 

तस्वीरमा दीपिका नाइट सुटमा छिन् । यही मौकालाई लिएर अभिनेता वरुण धवनले उनलाई प्रश्न सोधेका छन्– सधैं किन नाइट सुटमा ? अनि यसलाई रमाइलो मानेर हुनुपर्छ, दीपिकाले जवाफ फर्काएकी पनि छिन् । उनले लेखेकी छिन्– किनकि यसो गर्दा नै त म जुनसुकै समयमा पनि आनन्दले सुत्न सक्छु ।





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार ११:२२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया