Tue, 07 Apr, 2020


‘नेपालमा एक विद्यार्थीमा कोरोना भाइरस पोजिटिभ देखियो’
फरकधार / चैत १०, २०७६
साेमबार स्वास्थ्य मन्त्रालयमा आयाेजना गरिएकाे पत्रकार सम्मेलन ।

काठमाडौं– नेपालमा एक महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ । 



सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसको पुष्टि गरेका हुन् । 

उनका अनुसार कोरोना भाइरस संक्रमण देखिएकी ती युवती फ्रान्सबाट आएकी हुन् । ‘१९ वर्षकी विद्यार्थी हुन्,’ स्वास्थ्यमन्त्री ढकालले भने, ‘उहाँलाई आइसोलेसनमा राखेर उपचार गरिइरहेका छौँ । उहाँको परिवारलाई पनि हामीले अलग राखेका छौँ ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्