लुटपाटमा संलग्न पाइएपछि प्रहरीका १ असई २ जवान मकवानपुरको पालुङबाट पक्राउ

काठमाडौं– मकवानपुरको पालुङबाट प्रहरीका १ जना असई र २ जना जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका छन् । उनीहरु महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोलीका सदस्य हुन् । 

पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले सो टोलीलाई हटाएका छन् । घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको गुनासो बढेपछि उनीहरूको स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

सिआरभीको टोलीको काम प्रहरीका लागि गोप्य सूचना संकलन गर्नु हो । सिआरभी महानगरीय प्रहरी प्रमुखको प्रत्यक्ष निगरानीमा खटाइने टोली हो । सिआरभीको मनिटरिङको जिम्मा पोखरेलले एसपी रेवती ढकाललाइ दिएका छन् । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले सोही टोलीका सदस्य लुटपाटमा संलग्न पाइएपछि पक्राउ परेको जानकारी आएको र आफूहरूले सो घटनाबारे बुझिरहेको प्रतिक्रिया दिएका छन् । 

प्रहरी टोलीको साथमा एक पत्रकार पनि रहेको बताइएके छ । तर, पत्रकारको पहिचान भने खुलाइएको छैन ।





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार १३:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया